मोरङको उर्लाबारी न.पा -४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खेमराज कार्कीलाई नेकपा एमाले उर्लाबारी नगर कमिटीले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।

नेकपा एमाले उर्लाबारी नगर कमिटीले आज एक पत्र निकाल्दै उक्त कार्वाही गरेको जानकारी दिएको छ ।
उर्लावारी नगरपालिका वडा नं. ४ निवासी पार्टी सदस्य खेमराज कार्की हाम्रो पार्टी सदस्य रहि आएको निज कार्कीले चलाएको मोटर साईकल वाट सोहि ठाउँ वस्ने वर्ष ४९ कि पवित्रा सुवेदी वोहोरा मिती २०८१/०४/३२ गते दुर्घटनामा परि मृत्यु समेत भईसकेकाले घटना परिवेशलाई मध्यनजर गर्दा घटना पछिका कियाकलाप तथा घटना अगाडि समेत स्थानिय समाज छरछिमेकी सबैले व्यापक रुपमा अनैतिक व्यवहार र चरित्रहिन आचरण गरेको आरोप लगाउनु पार्टीको निर्णय अनुसार पार्टी नगर अध्यक्ष र जिल्ला कमिटी सदस्य क. अग्नि प्र. भट्टराईले केहि समय विदामा वसी परिवेशलाई सामान्य बनाउन दिएको सुझाव समेत अवज्ञा गरि जसरी पनि क्याम्पस प्रमुख वन्ने हुटहुटी जारी रहेकोले त्यसै गरि स्थानिय ४ नम्बर वडा शाखा कमिटीले समेत निजलाई कार्वाहिको सिफारिस गरेको हुनाले नेकपा एमाले उर्लावारी नगर कमिटी सचिवालयको बैठक वसि माथिल्लो कमिटीका कमरेडहरुको राय सुझावमा निजलाई आज मिती २०८१ साल अश्विन ४गते देखी लागु हुने गरि पार्टी सदस्य नरहने गरि कार्वाहि गरिएको व्यहोरा जानकारीका लागी अनुरोध छ भनी उक्त पत्रमा उल्लेख गरिएको गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय