उर्लाबारी,  उर्लाबारीमा बृहत व्यक्तित्व विकास तथा युवा सचेतना अभियान – २०८१ सञ्चालन हुने भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ५ कार्यालय र आधारभुत स्वास्थ्य केन्द्र उर्लाबारी ५ को आयोजनामा १५ सयभन्दा बढी विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमका लागि उर्लाबारीभित्रका १९ सय बढी विद्यार्थीलाई निमन्त्रणा गरिएको छ ।

कार्यक्रमका बारेमा आज पत्रकार सम्मेलन गरी ५ नं. वडाध्यक्ष रविन लामाले जानकारी दिनुभएको छ । नबिल बैंक, मेघा बैंकलगायतको प्रमुख कार्यकारी अधिकृत भइसक्नुभएका पूर्व चर्चित बैंकर अनिल केशरी शाह, आरजे सविना कार्की, मोटिभेसनल स्पिकर प्रेमियस भुटिया बक्ताको रुपमा रहने उहाँले बताउनुभयो । उर्लाबारीका सामुदायिक र संस्थागत विद्यालयको कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करियर काउन्सिलिङ र लागुऔषधविरुद्ध सचेतना गराइने जनाइएको छ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजकले लक्ष्य लिएको छ ।

उर्लाबारी–६ स्थित मोरङ मोडल स्कुल को प्रांगणमा हुने कार्यक्रम सफल बनाउन उर्लाबारी नगरपालिका, व्यापारी, व्यवसायी, विदेशमा रहेका नेपालीहरुको सहयोग रहेको वडाध्यक्ष लामाले बताउनुभयो । यति धेरै विद्यार्थीलाई एकै ठाउँमा राखेर प्रखर बक्ताहरु ल्याई उर्लाबारीमै पहिलो पटक कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरुलाई वडा कार्यालयमा सम्पर्क राख्न आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय