उर्लाबारी । उर्लाबारी जेसीजको आयोजनामा जारी जेसीज सप्ताह कार्यक्रम अन्तरगत मोरङको उर्लाबारी–४ स्थित सिर्जना आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
शुक्रबार ५० जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो विद्यार्थीहरूको शैक्षिक उन्नतीका लागि आवश्यक कापी, कलम,पेन्सिललगायत सामग्री वितरण गरिएको कार्यक्रम संयोजक पवन घिमिरेले जानकारी दिनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार चौहानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिराज दाहाल, उर्लाबारी जेसीजका अध्यक्ष नविन श्रेष्ठलगायतले बोल्नुभएको थियो । शुक्रबार नै चित्रकला प्रतियोगिता कार्यक्रम गरी जेसीज सप्ताह कार्यक्रम समापन गरिने मुल कार्यक्रम संयोजक रोशन घिमिरेले जानकारी दिनुभयो । भदौं ३१ गतेदेखि सुरु भएको सप्ताह कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय