दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । उर्लाबारी जेसीजको आयोजनामा जारी जेसीज सप्ताह कार्यक्रम अन्तरगत मोरङको उर्लाबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार उर्लाबारीको दुर्गापुरी चौकमा भएको रक्तदान कार्यक्रममा ५४ प्रिन्ट रगत संकलन भएको उर्लाबारी जेसीजका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो । ‘रक्तदान जीवनदान’ भन्ने मुल नाराको साथ भएको रक्तदान कार्यक्रममा उर्लाबारी रेडक्रस सोसाईटीको प्राविधिक सहयोग रहेको थियो । रगत अभावका कारण कसैको मृत्यु नहोस् भन्ने हेतुले उक्त कार्यक्रमको आायेजना गरिएको मूल कार्यक्रम संयोजक रोशन घिमिरेले बताउनुभयो । बुधबार नै उर्लाबारी चौकमा स्लोमोटरसाइकल रेस कार्यक्रम गरिने आयोजकले जनाएको छ । भदौं ३१ गतेदेखि सुरु भएको सप्ताह कार्यक्रम असोज ४ गते सम्पन्न हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय