उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उर्लाबारी–५ स्थित श्रीसगरमाथा साकोसको सभाहलमा सोमबार साधारणसभा सम्पन्न भएको हो । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष चिन्तामणि पौड्यालको सभापतित्वमा साधारणसभा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख सुरजलाल चौधरी, उर्लाबारी नगरपालिकाकी पूर्व नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी, खानेपानी महासंघका केन्द्रीय सदस्य सूर्यप्रसाद गुरागाईँ, नगर राजनीतिक दलका प्रमुखहरु, वडाध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो । साधारणसभामा संस्थाका सचिव मेघराज श्रीपाली, कोषाध्यक्ष तेजकुमारी खतिवडा, लेखा समितिका संयोजक डिवी थापा, कार्यालय प्रमुख राजु बुढाथोकीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०५२ सालमा स्थापना भएको उक्त संस्थाले ८ हजार ९ सय ८५ वटा धारा जडान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय