पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा दुई दिने विद्यालय पोषण कार्यक्रमको समापन भएको छ । आज नगरपालिकाको सभाहलमा देविमाया काफ्लेको अध्यक्षतामा सो कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा विशेष गरेर लक्षित वर्ग १० देखि १९ वर्ष सम्मका किशोरीहरुलाई आईरन तथा फोलिक एसिड वितरण सम्वन्धी अभिमुखीकरण रहेको थियो ।
कार्यक्रममा सामुदायिक र संस्थापक विद्यालयका प्रधानाध्यापक एवं फोकल पर्सन, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । नगर उप–प्रमुख देविमाया काफ्लेले नगरवासी हामी सबै मिलेर यस कार्यक्रमलाई सफल पार्न सुझाउनुभयो । यस्तैगरी सो कार्यक्रममा शिक्षा शाखा प्रमुख नविन खुलालले उपस्थित शिक्षकहरुलाई आ–आफ्ना विद्यालयहरुमा यस कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्दै नगरका सिअहेव अधिकृत एकराज खत्रीले विद्यालयहरुमा यो कार्यक्रम नियमित रुपमा सञ्चालन भए नभएको जिज्ञासा राख्दै विस्तृत विवरण टिपोट गर्नुभयोे । आइतबार र आज सञ्चालन भएको यस कार्यक्रमको सहजीकरण जनस्वास्थ्य प्रमुख जगत प्रसाद मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय