उर्लाबारी । कोशी प्रदेशसभाबाट पारित भई पुर्वाधार विकाश कार्यालय, मोरङबाट कार्यान्वयन हुने योजनाहरुको उर्लाबारी र मिक्लाजुङमा सोमबार स्थलगत अनुगमन गरिएको छ ।

कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमसहित मिक्लाजुङ ७ का वडा अध्यक्ष शुसिलराज चौहान, वडा सदस्य चन्द्रबहादुर राई, मिक्लाजुङ ८ का वडाध्यक्ष प्रबेश कुँवर, उर्लाबारी ८ का वडा सदस्य रुद्र लामिछाने, पुर्वाधार विकाश कार्यालय, मोरङका सबइञ्जिनियर लालबहादुर दाहालसहितले स्थलगत अनुगमन गर्नु भएको हो । मधुमल्ला बजार टुक्रे हुँदै मलामी टहरा सडक, मिक्लाजुङ ७, लालभिन्ती यलम्बर चोक सडक, मिक्लाजुङ ८, राम्री खोला कल्भर्ट निर्माण, उर्लाबारी १, दुर्गापुरी राजघाट चौतारादेखी मलामी मार्ग सडक, उर्लाबारी ८ र माझी टोलको बक्स पु्ल, उर्लाबारी ८ को योजनालाई कसरी संचालन गर्ने भन्ने बिषयमा वडा अध्यक्ष, वडा सदस्य लगायत सरोकारवालाहरुसँग छलफल गर्दै स्थलगत अनुगमन गरिएको हो । कोशी प्रदेशबाट पारित योजनाहरुलाई चाँडै ठेक्का लगाएर अघि बढाउने र पुल निर्माणको योजनालाई श्रोत सुनिश्चितताका लागि मन्त्रालयमा पहल गरि अघि बढ्ने प्रदेशसभा सदस्य मगौतमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय