उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको सिद्धिविनायक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
उर्लाबारी–५ कै श्रीसगरमाथा साकोसको सभाहलमा भएको साधारणसभामा कोशी प्रदेश सांसद् शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा रहेको थियो । सहकारीका अध्यक्ष गणेशबहादुर खत्रीले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम, सचिव दिलकुमारी बस्नेतद्धारा प्रस्तुत कार्यप्रगति प्रतिवेदन, लेखा संयोजक भरत थापाद्धारा प्रस्तुत लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सुझाब र छलफलसहित पारित भएको कार्यालय प्रमुख सुनिल सुवेदीले जानकारी दिनुभयो । साधारणसभाकै अवसरमा उर्लाबारी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा चयन भएकोमा बधाई तथा शुभकामनासहित सम्मान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय