उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित पर्यटकीय स्थल बेतिनी सिमसार क्षेत्रमा सरसफाई गरिएको छ ।
बेतिनी सामुदायिक वन उपभोक्ता समुहअन्तर्गतको पर्यापर्यटन प्रवर्धन व्यवस्थापन समितिको आयोजनामा शनिबार सिमसार क्षेत्रमा सरसफाई गरिएको हो । सिमसार क्षेत्रमा झाडी फाड्ने, फूलका विरुवा लगाउने, नयाँ विरुवा रोप्ने, रंग लगाउनेलगायतका काम गरिएको अध्यक्ष भीमबहादुर राईले जानकारी दिनुभयो । हरेक हप्ता चल्ने उक्त सरसफाई कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारी, स्थानीय क्लव, वनका कर्मचारी , स्थानियवासीलगायतको उपस्थिती रहेको थियो । पूर्वकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित बेतिनी सिमसारलाई आकर्षक बनाउन प्रत्येक शनिबार सरसफाई कार्यक्रम सञ्चालन गरिने सचिब अर्जुन बास्तोलाले बताउनुभयो । यो सिमसार क्षेत्रमा झापा, मोरङ, सुनसरीलगायतका आन्तरिक पर्यटकहरु दैनिक जसो सयौं संख्यामा आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय