उर्लाबारी । उर्लाबारी जेसीजले जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको जेसीजले भदौं ३१ गतेदेखि जेसीज सप्ताह गर्ने भएको हो । जेसीजको सप्ताह कार्यक्रम असोज ४ गते सम्म सञ्चालन हुने कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रम मुल संयोजक रोशन घिमिरेले जानकारी दिनुभयो । जेसीज सप्ताहको कार्यक्रम अन्तरगत भदौं ३१ गते वाल्कथन र मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया, असोज १ गते नेतृत्व विकास तालिम, असोज २ गते रक्तदान र स्लोमोटरसाइकल रेस, असोज ३ गते सृजना आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण र असोज ४ गते चित्रकला प्रतियोगिता र सप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल जेसीजको कार्यसम्पादन मूल्याकन (सन् २०२४) मा उत्कृष्टता प्राप्त गर्न सफल उर्लाबारी जेसीजले ज्ञानवद्र्धक तथा सामाजिक कार्यसमेत गर्दै आएको छ । दुई साता अगाडि लागूपदार्थ दुव्र्यसन न्यूनिकरणका लागि विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । यस अघि विश्व वातावरण दिवसमा उर्लाबारीका विभिन्न स्थानमा वृक्षरोपण गर्नुका साथै आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया कार्यक्रम जेसीजले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय