मोरङमा भएको स्कुटर दुर्घटनामा परी झापा मेचीनगरका कृष्णकुमार राईको मृत्यु भएको छ । मोरङको किसान चौक– टाँडी रमिते सडक खण्डमा पर्ने माने मिक्लुखोला पुल उत्तर प्रदेश १–०२ –०५२ प ४०६४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर नगरपालिका- १ का कृष्णकुमार राईको घटनास्थलमै मृत्यु भएको हो । सोही स्कुटरमा पछाडि सवार मिक्लाजुङ ६ बाँझोखेका सुरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै पथरीशनिश्चरेमा बिहीबार दिउँसो अचेत अवस्थामा भेटिएकी एक बेवारिसे महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वडा नम्बर १ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम बस स्टेण्डनजिकै अचेत अवस्थामा भेटिएकी ६० वर्षीया पहिचान नखुलेकी महिलाको निधन भएको पथरी प्रहरीले जनाएको छ ।

सडकमा अचेत अवस्थामा भेटिएकी ती महिलालाई उपचारका लागि पथरी नगर अस्पतालमा पु¥याएर उपचार गर्दागर्दै मृत्यु भएको सो अस्पतालका डाक्टरले जानकारी दिए । उनी को हुन् भन्ने बारेमा केही खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय