
उर्लाबारी । मोरङको उर्लाबारीमा लायन्स र लियो क्लबको संयुक्त पद हस्तान्तरण कार्यक्रम गरिएको छ ।
मंगलबार साँझ उर्लाबारी–४ स्थित जय वशिष्ठ पार्टी प्यालेसमा संयुक्त पद हस्तान्तरण कार्यक्रम गरिएको हो । उर्लाबारी, पथरी र मधुमल्लाका ८ वटा लायन्स र एउटा लियो क्लवको संयुक्त रुपमा पद हस्तान्तरण गरिएको लायन्स क्लव अफ उर्लाबारीका अध्यक्ष पवन अग्रवालले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ उर्लाबारीको अध्यक्षमा पवन अग्रवाल,लायन्स क्लव अफ उर्लाबारी आस्थाकी अध्यक्षमा सविता धिमाल, लायन्स क्लव अफ ईष्टर्न मोरङ उर्लाबारीको अध्यक्षमा अर्जुन न्यौपाने, लायन्स क्लव अफ मधुमल्लाको अध्यक्षमा प्रेमराज नेपाल, लायन्स क्लव अफ पथरीको अध्यक्षमा मुरारी आचार्य, लायन्स क्लव अफ पथरी क्रियेटिभ लेडिजकी अध्यक्षमा चमेली बेघा, लायन्स क्लव अफ पथरीशनिश्चरेकी अध्यक्षमा अनिता राई, लायन्स क्लव अफ पथरी योङ हार्टको अध्यक्षमा हेमन्त ओझा, र लियो क्लव अफ पथरीकी अध्यक्षमा मनिका न्यौपानेलाई पद हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लायन्सका डिष्ट्रिक गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यता रहनुभएको थियो । कार्यक्रममा लायन्सकर्मीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।