उर्लाबारी । मोरङको उर्लाबारी–८ र ९ का व्यवसायीहरुका समस्यालाई ध्यानमा राखेर दुर्गापुरीमा बैंकको शाखा खोल्ने तयारी थालिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाललाई भेटेर बैंकको शाखा बिस्तारका लागि पहल गर्नुभएको हो । ग्लोबल आई.एम.ई. बंैकका अध्यक्ष समेत रहनु भएका ढकालले शाखा खोल्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष सिरिङले जानकारी दिनुभयो । मंसिरसम्ममा बंैकको शाखा खोल्ने अध्यक्ष ढकालले प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।
निर्वाचनमा सिरिङले दुर्गापुरीमा बैंकको सेवा बिस्तार गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सोही प्रतिबद्धतालाई पूरा गर्न सिरिङ काठमाडौं पुगेर बैंकको पहल गर्नु भएको छ । उर्लाबारी उद्योग वाणिज्य संघमा दुर्गापुरीका ७० भन्दा बढी व्यवसायीहरु सदस्य रहेका छन् भने बैंक नहुँदा सास्ती खेप्दै आएका छन् ।
ADVERTISEMENT