उर्लाबारी । मोरङको मिक्लाजुङस्थित मैथिली सेवा समितिमा बुधबार सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ। समितिको अध्यक्षमा महेन्द्र साह चयन भएका छन्। निवर्तमान अध्यक्ष चन्दन साहले महेन्द्र साहलाई टीका, खादा र माला लगाई पद हस्तान्तरण गरेका छन् ।
समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष गणेश चौधरी, सचिव अजय चौधरी, सह-सचिव अनिता शर्मा, कोषाध्यक्ष निलम राय चयन भएका छन्। सदस्यहरूमा अजय साह, राजु ठाकुर, जितेन्द्र रौनियार र राजु रौनियार सर्वसम्मत चयन भएका छन्।
नव-निर्वाचित कार्यसमितिले मैथिली भाषा, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याउने अठोट व्यक्त गरेको छ।
ADVERTISEMENT