उर्लाबारी । द भ्वाइस किड्स सिजन ३ को फाइनलिष्ट छेसाङ तामाङलाई गृहनगर उर्लाबारीमा बुधबार सम्मान गरिएको छ । उनी अध्ययन गर्ने सुनगाभा बोर्डिङ स्कुलले एक कार्यक्रमको आयोजना गरी छेसाङलाई बधाई तथा सम्मान गर्दै छेसाङ जिताउ अभियान तथा उर्लाबारीबासीलाई धन्यवाद ज्ञापन गरेको हो ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छेसाङलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो । सो अवसरमा नगर उपप्रमुख पौडेलले उर्लाबारीकी चेलीले देशमै नाम राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै थप उन्नति प्रगतिको कामना गरेकी छन् । त्यस्तै
विद्यालयका प्रिन्सिपल केशव घिमिरेले कक्षा ९ मा अध्ययनरत छेसाङले गीत संगीतको माध्यमबाट विद्यालयको गरिमा उच्च बनाएको भन्दै कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको घोषणा गरेका छन् । छेसाङको परिवारको तर्फबाट हजुरबुबा गणेश मगरले जिताउ अभियानमा लाग्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा छेसाङलगायत सुनगाभा स्कुलका विद्यार्थीहरुले गायन प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सिपल केशव घिमिरेको अध्यक्षता र शिक्षक मदन गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा उर्लाबारीका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय