उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पदभार ग्रहण गरेका छन् ।
संघको ३६ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिको सोमबार पदभार ग्रहण गरेका हुन् । संघका निवर्तमान अध्यक्ष शेरबहादुर भण्डारीले नवनिर्वाचित अध्यक्ष तारामान सिरेङ लिम्बूसहितलाई पदभार ग्रहण गराउनुभएको छ । नवनिर्वाचित अध्यक्ष लिम्बूले निजीक्षेत्रका माग सम्बोधन गराउन निजी क्षेत्रका संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो । आफ्नो कार्यकाललाई रचनात्मक बनाउने र यो उद्देश्यमा सबै पक्षको सहयोगको अपेक्षा राखेको पनि उहाँको भनाइ थियो ।
ADVERTISEMENT