उर्लाबारी । सहरदेखि गाउँको चारैतिर तीजका रौनक छाएको छ । भाकाहरू घन्किरहेका छन् भने टोल, छिमेकमा महिला दिदीबहिनीहरू रातो पहिरनमा झुम्मिरहेका देखिन्छन् । त्यसैले हिन्दू धर्मावलम्बीहरूले पार्वती र भगवान् शिवको बन्धन गाँसिएको दिनको रूपमा तीजलाई लिने गरेको पाइन्छ । साथै तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमयरूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यसैक्रममा मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकासँग तीज कार्यक्रम गरिएको छ । नाचगान तथा दर खाएर तीज कार्यक्रम मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय