उर्लाबारी । मोरङको उर्लाबारीमा आगामी असोज ३ गते सातौँ संस्करणको उर्लाबारी रन आयोजना गरिने भएको छ ।
संविधान दिवसको अवसरमा उर्लाबारीस्थित सामुदायिक विकास मञ्चले हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । सातौं संस्करणको उर्लाबारी रन २०८१ आयोजना गरिने जानकारी गराएको हो । संस्थाका अध्यक्ष प्रेम बोहोराले यस पटक १ हजार ५ सय जना धावकहरुले रनमा सहभागिता जनाउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिनेको सो प्रतियोगिताको खुलातर्फ पुरुष र महिला दुवै विजेताले ३०÷३० हजार, दोस्रोले १५÷१५ हजार र तेस्रोले १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहोराले बताउनुभयो । यस्तै, भेट्रानतर्फ यस पटक पुरुष रनरहरुको मात्रै सहभागिता रहने आयोजकले जनाएको छ । गत बर्ष भेट्रानतर्फ महिला रनरहरुको समेत सहभागिता रहेको थियो ।
यता भेट्रान पुरुषतर्फ बिजेताले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।
यस्तै १५ वर्षमुनिका बालबालिका धावकहरुबीच ५ किलोमिटरको दौड आयोजना गरिने भएको छ । जसमा महिला र पुरुष दुवैतर्फ प्रथमले ५÷५ हजार, दोस्रोले ३÷३ हजार, तेस्रोले २÷२ हजार र चौथौँले १÷१ हजार रुपैया पुरस्कार पाउने छन् । यस्तै यसपटकको दौडमा उर्लाबारीभरिका १५ वर्ष मुनिका रनरहरुबीच समेत छुटै दौड प्रतियोगिता हुने बताईएको छ । जसमा केटा र केटी दुवैतर्फ प्रथम हुनेलाई ४÷४ हजार, दोस्रो हुनेलाई ३÷३ हजार र तेस्रो हुनेलाई १÷१ हजार रुपैयाले पुरस्कृत गरिनेछ । साथै उनीहरुलाई मेडल र प्रमाणपत्रले समेत सम्मानित गरिने अध्यक्ष बोहोराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय