उर्लाबारी । मोरङको उर्लाबारीमा लागु पदार्थ दुव्र्यसन रोक्न युवाको भूमिका विषय नगर स्तरीय वक्तृत्वकलाको उपाधि उर्लाबारी–७ स्थिन नेपाल आदर्श अंग्रेजी सेकेण्डरी बोर्डिङ स्कुलकी निपेक्षा कोइरालाले जित्नुभएको छ ।
उर्लाबारी जेसीजको आयोजनामा शुक्रबार उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा नेपाल आदर्शकी कक्षा ८ मा अध्ययनरत कोइरालाले उपाधि जित्नुभएको हो । सो प्रतियोगितामा पशुपति आवासीय माविकी समृद्धि खतिवडा दोस्रो, नेबुला बोर्डिङ स्कुलकी कृक्ती न्यौपाने तेस्रो र मोरङ मोडेल आमाविकी प्रशंसा लुइँटेलले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । उर्लाबारी जेसीजका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम महासचिब रञ्जित श्रेष्ठ र कार्यक्रम संयोजक दिपक न्यौपानेले सञ्चालन गर्नुभएको थियो । पछिल्लो समय लागुऔषध दुव्र्यसन विकराल समस्याको रुपमा रहेकोले दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । कार्यक्रममा उर्लाबारीका निजी र सामुदायिक गरी २६ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुरेन्द्र लिम्बूलगायतले बोल्नुभएको थियो ।
ADVERTISEMENT