उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षसहित बहुमत जितेको लोकतान्त्रिक समावेशी व्यवसायी साझा गठबन्धन मुल समितिका संयोजक सुरेन्द्र लिम्बूले मतदाताहरुप्रति धन्यवाद दिनुभएको छ ।
उहाँले लोकतान्त्रिक समावेशी व्यवसायी साझा गठबन्धनका उम्मेद्वारलाई अत्याधिक मत दिई विजयी गराउन सहयोग गुर्नहुने उद्योगी, व्यवसायी, शुभचिन्तकहरुप्रति हार्दिक धन्यवादसहित आभार व्यक्त गर्नुभएको हो । गठबन्धनतर्फका उम्मेद्वार भई अध्यक्षमा तारामान सिरेङ लिम्बू, उद्योग सचिबमा भेषबन्दु निरौला, बाणिज्य सचिबमा राजकुमार श्रेष्ठ (मकै), कोषाध्यक्षमा दशरथ यादब (बेचन), सदस्यहरुमा केशब भट्टराई, फुर्वा तामाङ (छिरिङ), दिपेन्द्र कार्की (दिपक), मदनप्रसाद दाहाल, सोमबहादुर गजमेर र सदस्यमा बासुदेव घिमिरे (बासु) बहुमत पदाधिकारी एबं सदस्यमा निर्वाचित हुनुभएको छ भने लेखा समिति संयोजकमा मनोज लुईटेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँले निर्वाचनको क्रममा उपविजेता बन्नुभएका सबै उम्मेद्वारहरुलाई पनि आगामी दिनमा सफलताका कामना गर्नुभएको छ । साथै निर्वाचनका क्रममा अग्रपंतिमा खटिएर विजय गराउन सहयोग गर्नुहुने पार्टीका प्रतिनिधि, निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन आयोग, संघसंस्था, पत्रकार तथा सुरक्षाकर्मी सम्पूर्णलाई उहाँले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय