उर्लाबारी,उर्लाबारीस्थित ईभेन्ट म्यानेजमेन्टको आयोजनामा शनिबार उर्लाबारीमा चर्चित र्यापर लाहुरे र लोकप्रिय ब्याण्ड पूर्ण राई एण्ड दाजुभाईहरुको प्रस्तुतिमा एक संगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।
यो कन्सर्ट शनिबार साँझ ६ बजेदेखि सुरु हुनेछ, जहाँ लाहुरे र पूर्ण राई एण्ड दाजुभाईले उत्कृष्ट प्रस्तुतिहरू दिनेछन्।
कार्यक्रम उर्लाबारी वडा नम्बर ७ स्थित राधिका माध्यमिक विद्यालयको प्राङ्गणमा हुने जानकारी कन्सर्ट संयोजक अनिल श्रेष्ठले दिएका छन्।
त्यसैगरी, उनले टिकटको प्रि बुकिङको प्रक्रिया ४ सय रुपैयाँमा उपलब्ध गराइएको र यो प्रि बुकिङ शुक्रबार अपराह्न १२ बजेसम्म मात्र खुला रहने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय