उर्लाबारी । उर्लाबारीमा परिचित नाम हो, बेलबहादुर कार्की । नेपाली कांग्रेसको उर्लाबारी कोषाध्यक्ष तथा व्यवसायी हुनुहुन्छ । पार्टीको निर्वाचन होस् वा कुनै संघसंस्थाको निर्वाचनमा कार्की अग्रमोर्चामा रहेर चुनाबी प्रचारमा खटिने गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूलाई जिताउन होस् वा अन्य कुनैमा पार्टीका आधिकारिक उम्मेद्वारको पक्षमा अडिग हुनुहुन्छ । पार्टीले उर्लाबारी उद्योग बाणिज्य संघमा तारामान सिरेङ लिम्बूलाई अध्यक्षको उम्मेद्वार बनाएपछि उहाँ निरन्तर खटिरहनुभएको छ । ‘पार्टीबाट जसले टिकट पाउँछ, उसैलाई सघाउने हो’ उहाँ भन्नुहुन्छ–‘पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउने खेलमा लाग्ने कार्य कसैले गर्नुहुँदैन, एकजुट भएर अघि बढ्न आवश्यक रहेको छ ।’ उहाँले तारामान सिरेङ लिम्बूले व्यवसायी तथा उद्योगीहरुको हितमा काम गर्न सक्ने देखेर उम्मेद्वार बनाएको उल्लेख गर्दै सबैलाई मतदान गरी विजयी गराउन अपिल गर्नुभयो ।
ADVERTISEMENT