उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघ चुनावी साधारण सभाका लागि विभिन्न नारा र प्रतिवद्धताहरू सहित उम्मेदवारहरू अहिले व्यवसायीहरूसँग भोट माग्न व्यस्त छन्। यसै क्रममा प्रगतिशील प्यानलका उम्मेदवारहरू पनि भोट माग्नमा लागि परेका छन्। उनीहरूले टोलटोलमा , बजारमा र व्यक्तिलाई भेटेर आफ्ना प्रतिबद्धताहरु जाहेर गर्दै मत मागेका छन्।
उनीहरूले व्यापार सम्बन्ध अभिवृद्धि गर्ने , स्थानीय उद्योगहरुको बिकास र प्रवर्द्धन गर्ने ,व्यावसायिक क्षमताका लागि तालिम र शिक्षाको सुनिश्चत गर्ने , स्थानीय पर्यटन विकासको आधार तयार गर्ने , उद्योगी व्यपारीहरुको हकहितका लगि स्थानीय तह प्रदेश सरकारसँग निरन्तर समन्वय गर्ने , बजारलाई सफा र सुन्दरता तथा उज्यालो उर्लाबारीलाई जोड दिने , ग्रामीण क्षेत्रको उत्पादनलाई व्यवसायीकरण गर्ने , निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न सुरक्षाको प्रत्याभुति गर्ने,
स्थानीय कच्चा पदार्थको उपयोग गरि साना उद्योग स्थापनामा जोड दिने , समय सापेक्ष हिसाब विवरण अध्यावधिक गर्न व्यापारीहरुलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन्।
उक्त प्यानलमा अध्यक्षमा रामबहादुर थापा, वरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई, उद्योग उपाध्यक्षमा सुनिल बोहरा, वाणिज्य उपाध्यक्षमा विकाश बुढाथोकी उम्मेदवार बनेका छन् । त्यस्तै महासचिवमा सम्झना खतिवडा, कोषाध्यक्षमा नन्दकुमार दाहाल (नवीन), वाणिज्य सचिवमा विनीता दाहाल र उद्योग सचिबमा यज्ञबहादुर बस्नेत (भिरगाउँले) उम्मेद्वार रहेका छन् । त्यस्तै, सदस्यमा भगीरथा भट्टराई कोइराला (निलम), तिर्थकुमार अधिकारी (कुमार) र कमलेश्वर नायक सुडी छन् । लेखा समिति सदस्यमा इन्द्रबहादुर दाहाललाई मात्रै उम्मेद्वार बनाइएको छ।