उर्लाबारी । उर्लाबारी क्षेत्रमा परिचित नाम हो, ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) । संघको पूर्व कोषाध्यक्ष भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नु भएका उर्लाबारीका युवा श्रेष्ठले भदौं ९ गते हुने उर्लाबारी उद्योग वाण्ज्यि संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । उहाँ उर्लाबारी–७ स्थित श्रेष्ठ ज्वेलरीका सञ्चालक हुनुहुन्छ ।
२०५६ सालदेखि सुनचाँदी व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले उर्लाबारीका विभिन्न संघसंस्थामा रहेर काम गरिसकेको अनुभव छ । मिठो बचन, मिजासिलो र सहयोगी भावनाका श्रेष्ठलाई उर्लाबारीका अधिकांश व्यवसायीहरुले रुचाउने गरेका छन् । श्रेष्ठ उर्लाबारी जेसीजको अध्यक्ष, नेपाल सुनचाँदी महासंघको पूर्व केन्द्रीय सदस्य, मोरङ सुनचाँदी व्यवसायी संघ उर्लाबारीको केन्द्रीय अध्यक्ष भई काम गर्नुभएको छ ।
नयाँ सोच र भिजनले रचनात्मक काम गर्दै वाणिज्य संघको उचाई अझैमाथि पु¥याउने लक्ष्यका साथ उहाँ वरिष्ठ उपाध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ । उहाँले सबै व्यवसायीको हकहितको काम गर्दै सडक देखि सटरसम्मका व्यवसायीहरुलाई बाणिज्य संघको अपनत्व दिलाउने काम गरेर छोड्ने बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको साझा थलो आवश्यक रहेको बताउनुभयो । व्यवसायीहरुका समस्या समाधान गर्न र आम सामाजिक काममा उद्योग वाणिज्य संघको भूमिका अहम हुनुपर्ने उहाँको भनाई छ ।
‘व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण नै सकारात्मक बन्न सकेको छैन’ उहाँले भन्नुभयो–‘ मैले उवासंघका केही काम गर्ने सोच बनाएको छु । त्यसैले मलाई आम व्यवसायी मतदाताहरुले आफ्नो अमूल्य मत दिएर अगाडि बढ्ने अवसर दिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय