
उर्लाबारी । लोकतान्त्रिक समावेशी व्यवसायी साझा गठबन्धनबाट लेखा समिति संयोजकमा मनोज लुईटेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उर्लाबारी उद्योग बाािण्ज्य संघको लेखा समिति संयोजकमा लुईटेलले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिनुभएको थियो । एमालेका अम्बर धिमालले उम्मेद्वारी फिर्ता लिएपछि लुईटेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । अब १५ पदका लागि निर्वाचन हुने भएको छ ।