उर्लाबारी । केशब भट्टराई उर्लाबारीका व्यवसायीहरुमाझ परिचित नाम हो । उर्लाबारी–५ मा होटल ग्राण्ड सञ्चालन गर्दै आउनुभएका भट्टराई आगामी भदौँ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यावसायी साझा गठबन्धनको तर्फबाट सदस्यको उम्मेद्वार बन्नुभएको छ । व्यवसायका क्रियाशिल रहनुभएका भट्टराई यस पटक संघको सदस्य भएर व्यवसायीहरुको हकहितमा काम गर्ने सोचाईका साथ उम्मेद्वारी दिनुभएको छ ।
उर्लाबारीकोको व्यापार व्यवसाय दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको बताउँदै उहाँले विशेष गरि आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्राउन र शान्ती सुरक्षासहित रात्रीकालीन बजारहरु खुलाउँदा खस्कदो व्यापार व्यवसायलाई माथी उकास्न सहयोग पुग्ने धारणा राख्नुहुन्छ । उहाँले तारामान सिरेङ लिम्बूको टिमलाई जिताउन अपिल गर्दै वैज्ञानिक कर प्रणालीलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।
ADVERTISEMENT