उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको भदौं ९ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट तारामान सिरेङ लिम्बूलाई उम्मेद्वार बनाइएको छ ।
अध्यक्षमा सिरेङलाई उम्मेद्वार बनाउने निर्णय भएसँगै नेपाली कांग्रेसकै विनोद न्यौपानेले पनि उम्मेद्वारी घोषणा गर्नुभएपछि कांग्रेसभित्र गुटगत लफडा देखिएको हो । मुख्य पदमा कांग्रेसभित्र आकांक्षीहरु धेरै देखिएका छन् । जसले गर्दा उम्मेद्वार छान्न सकस भइरहेको छ ।
मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बूनिकट नेता तथा कार्यकर्ताहरुले बागी उम्मेद्वारलाई समर्थन गरेको बुझिएको छ । त्यसैकारण पनि गुटगत लफडा देखिएको छ । कांग्रेसमा बरिष्ठ उपाध्यक्षमा पनि निरु चौहान र ज्ञानु श्रेष्ठको दाबेदारी देखिएको छ । अन्य केही पदमा पनि आकांक्षी धेरै देखिएका छन् ।