उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको भदौं ९ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेद्वारी घोषणा गरेपनि अझै समिकरणमै अल्झिएको छ ।
वर्तमान बरिष्ठ उपाध्यक्ष यामलाल रसाईलीलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिसकेको भएपनि सकभर समिकरण गर्ने रणनीतिमा माओवादी देखिएको हो । गत निर्वाचनमा एमालेसँग समिकरण गरेको माओवादी यस पटक एमालेबाहेकसँग समिकरण गर्ने लाइनमा छ । ‘समिकरणका बारेमा छलफल भइरहेको छ’ अध्यक्ष गजेन्द्र दंगालले भन्नुभयो–‘हामी एक्लै पनि चुनाब लड्न तयार छौं । तर, व्यवसायिक हितका लागि समिकरण बनाएर जाँदा उपयुक्त हुने निष्र्कषले छलफल गरिरहेका छौं ।’
माओवादीमा पनि उम्मेद्वारको संकट छ । १६ जना उम्मेद्वार पाउन मुश्किल देखिएको छ । माओवादीले अध्यक्षमा रसाईलीसहित महासचिबमा पवन चौधरी, कोषाध्यक्षमा राधिका काफ्ले, सदस्यहरुमा बासु घिमिरे, बुलन पासवान र लोकनाथ पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । अन्य पदमा भने कुनै उम्मेद्वार घोषणा भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय