उर्लाबारी । नेकपा एमाले समर्थक ब्यवसायीहरुले उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा राम थापालाई चुनाबी मैदानमा उतारेको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई, उद्योग उपाध्यक्षमा सुनिल बोहोरा, वाणिज्य उपाध्यक्षमा विकास बुढाथोकी, महासचिवमा सम्झना खतिवडा, उद्योग सचिवमा नन्द शर्मा दाहाल (नविन), वाणिज्य सचिवमा बिनिता दाहाल, सदस्यमा सोम सेन्चुरी र कपिलेश्वर नायकको उम्मेद्वारी घोषणा गरेको छ । १६ पदमा उम्मेद्वार दिनु पर्ने भएपनि एमालेले अध्यक्षसहित ९ जनाको मात्रै उम्मेद्वारी घोषणा गरेको छ । कोषाध्यक्ष, लेखा समिति संयोजक, कार्यसमिति सदस्य तथा लेखा सदस्यमा उम्मेद्वार नपुगेपछि खाली राखेको छ । कार्यसमितिमा २ जनामात्रै पुगेका छन् । उम्मेद्वार नपुगेपछि अन्य राजनीति दलका लागि छोडेको दाबी गरेको छ । तर, अन्य दलले ती पद लिएर एमालेसँग समिकरण गर्ने सम्भावना नरहेको जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय