उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ की सुत्केरी महिलालाई पौष्टिक आहार र खाद्यन्य सहयोग गरिएको छ ।
उर्लाबारी–७ की तारा माझीलाई पौष्टिक आहार र खाद्यन्य सहयोग गरिएको हो । आर्थिक अवस्था कमजोर रहेकी माझीलाई स्थानीय युवाहरुले सहयोग गरेका छन् भने सम्पूर्ण उपचारको ब्यवस्था अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले मिलाइदिने हुनुभएको छ । उर्लाबारी वडा नं. ७ का सदस्य सुमन कार्की, राम थापा, लोलिम पोमु, विक्रम चापागाई, अजय लिम्बू, लोकबहादुर कार्की, तारामान सिरेङ, जीवन चिमरिया, दुर्गा फागो, योगराज फागो, रत्न गिरी, जिसन कार्की, जेन वाइबा, डिबी थापालगायतले सहयोग गरेका छन् । उक्त टिमले पौष्टिक आहारसहित चामल, भुजा, नुन, तेल, सब्जीलगायत घरमै पु¥याइदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय