उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ५ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा सुरु गरिएको छ ।  उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलले स्वास्थ्य प्रयोगशाला सेवाको शुभारम्भ गर्नुभयो । उर्लाबारी नगरपालिकाका वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु गर्ने वडा नम्बर ५ पहिलो बनेको छ । कार्यक्रममा नगर प्रमुख खरेलले नागरिकको स्वास्थ्यप्रति आफूहरू संवेदनशील रहेको भन्दै उच्च मनोबलका साथ भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो । यस्तै, उपप्रमुख पौडेलले नगरवासीलाई सर्वसुलभ रुपमा आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने सिलसिलामा आज वडा नं. ५ मा ल्याव सेवा सुरु गरिएको बताउनुभयो ।
सो क्रममा वडाध्यक्ष रविन लामाले वडाभित्रै एक्स–रे सेवाको पनि सुरुवात गर्ने सोच रहेकाले भवन निर्माणका लागि बजेटको व्यवस्थापन गरिदिन नगर प्रमुखसमक्ष आग्रह गर्नुभएको थियो । ल्याब सेवा सुरु भएपछि १९ प्रकारका परीक्षण निःशुल्क रुपमा हुने वडाध्यक्ष लामाले जानकारी दिनुभयो । यस वडामा ल्याब सेवा सुरु भएपछि ५ नम्बर वडाका साथै छिमेकी वडाहरु १, ४ र ६ नम्बरका नागरिकलाई पनि सहजता हुने उल्लेख गर्नुभयो । वडाको स्वास्थ्य केन्द्रमा प्राथमिक परिक्षण गरिने र थप परिक्षण गर्नुपरेमा अन्य अस्पतालमा रिफर गरिने वडाको आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख राजकुमार पोख्रेलले जानकारी दिनुभएको छ । कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, टोल विकास संस्थाहरुको तर्फबाट घनश्याम भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो ।
https://www.youtube.com/watch?v=H-NsZVjX59M

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय