पथरीशनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले कृषकलाई सिंचाइ मोटरको बिजुलीको बिलमा अनुदान दिने भएको छ ।
वडा भित्र रहेको सिंचाइ पैनी नलाग्ने प्रकृतिको जग्गामा नजिकका खोलाबाट पम्पिङ गरेर वा भूमिगत बोरिङबाट सिंचाइ गर्ने कृषकहरुलाई प्रत्यक्ष लाभ होस् भन्ने हुतले अनुदानको कार्यक्रम ल्याइएको वडाध्यक्ष नविन कार्कीले बताउनुभयो ।
वडाले निकालेको सूचनामा उल्लेख भए बमोजिमका कागजपत्रहरु १५ दिनभित्रमा वडा कार्यालयमा पेश गर्नुहुन अनुरोध गरेको छ । ।
ADVERTISEMENT