उर्लाबारी । आगामी भदौ ८ र ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा नेकपा एमाले समर्थक व्यवसायीहरुको तर्फबाट राम थापालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेद्वार बनाउने भएको छ ।
शनिबार सम्पन्न नेकपा एमाले उर्लाबारी नगर कमिटी सचिवालयको बैठकले संघका पूर्व महासचिव थापालाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । त्यस्तै, संघको महासचिव पदमा सम्झना खतिवडालाई उम्मेद्वार बनाउने निर्णय भएको छ । अन्य पदमा पनि एमालेले उम्मेद्वार छानेको छैन ।
ADVERTISEMENT