उर्लाबारी। राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले आज आयोजक कमिटी घोषणा गरेको छ। हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको सभा हलमा गरिएको घोषणा कार्यक्रममा संयोजक नितम चौहान र सचिव शम्भु गौतम सहित ६९ सदस्यीय कमिटी घोषणा गरिएको हो। नेकपा एमाले अनुशासन आयोग केन्द्रीय सदस्य लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य पुष्प ढकाल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य स्थायी कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज मनोज राई, केन्द्रीय सदस्य उर्गेन तामाङ, भीष्म बुढाथोकी लगायतले मन्तव्य राखेका थिए।
ADVERTISEMENT