उर्लाबारी । भदौंमा हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा उर्लाबारीका युवा ब्यवसायी ज्ञानु श्रेष्ठले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने हुनुभएको छ ।
मोरङ सुनचाँदी ब्यवसायी महासंघ केन्द्रीय कार्यालय उर्लाबारीको अध्यक्ष भइसक्नु भएका श्रेष्ठ आम उद्योगी एंब ब्यवसायीमाझ लोकप्रिय हुनुहुन्छ । उर्लाबारी–७ मा श्रेष्ठ सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका श्रेष्ठ नेपाली कांग्रेस समर्थक ब्यवसायी मानिनुहुन्छ । कांग्रेसले तारामान सेरेङको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरिसकेको छ । अन्य पदका बारेमा भने कुनै निर्णय भएको छैन ।
ADVERTISEMENT