टाँडी । मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित साखरे स्थित फेदापे खोला, रचना खोला र ठूलो बक्राहा खोलाको अनुगमन गरिएको छ ।
अनुगमनको कार्यपालिका स्तरिय अनुगमन टोलीले अनुगमन गरेको हो । वडाध्यक्ष बल बहादुर श्रेष्ठको अगुवाइमा भएको अनुगमनले बर्खाको भेलले क्षति नगरोस् भनेर तत्काल बाँध निर्माण कार्य अघि बढ्ने भएको छ । अनुगमन टोलीले खोलाको बहाव, बर्खाको प्रभाव र सम्भावित क्षतिको विश्लेषण गरी तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
ADVERTISEMENT