उर्लाबारी । मोरङको उर्लाबारी–७ का दिपक कार्की आसन्न उर्लाबारी उद्योग बाणिज्य संघको सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत स्नेहा ज्वेलर्सका सञ्चालक कार्कीले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । गत कार्तिक २६ गते कार्कीको सुनपसलमा आगलागी हुँदा २८ जना घाइते भएका थिए भने ५ जनाको मृत्यु भएको थियो । आम ब्यवसायीहरुको हितका लागि यस पटक सदस्य पदमा उम्मेद्वार दिने कार्कीले मनसाय बनाउनुभएको छ ।
ADVERTISEMENT