पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. ९ मा डाँस खोलाले पु¥याएको क्षतिको अनुगमन गरिएको छ ।
आज वडा नं. ९ को काङसोरे चौक र सन्देश चौक आसपासमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमन गरिएको हो । अनुगमन पश्चात् उक्त स्थानहरूमा तटबन्धन र च्यानलाइज गरिने उप–प्रमुख देविमाया काफ्लेले बताउनुभयो । वडाध्यक्ष वीरबहादुर राईले सो क्षेत्रहरूमा जतिसक्दो चाँडो काम सम्पन्न गरिने बताउनुभयो । राईले भन्नुभयो– खोलाले पु¥याएको क्षतिलाई कम गर्न भोलि विहानैबाट च्यानलाइजको काम सम्पन्न गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय