उर्लाबारी । मोरङको उर्लाबारी–७ मा सञ्चालनमा आएको छोटो समयमै लाईफ केयर फिजियोथेरापी क्लिनिकले प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।
यसैसाता उर्लाबारी–७ मा उद्घाटन गरिएको उक्त फिजियोथेरापी क्लिनिक यसअघि उर्लाबारीकै मंगलबारेमा सञ्चालनमा रहेको थियो । फिजियोथेरापीष्ट प्रकाश तामाङले लामो समयदेखिको अनुभवसँगै लाईफ केयर फिजियोथेरापी सञ्चालन गर्नुभएको हो ।
उर्लाबारी चौक माछापुच्छे बैंक नजिकै रहेको उक्त थेरापी क्लिनिक अत्याधुनिक प्रविधिसहितको फिजियो थेरापी सेवा सञ्चालनमा भइरहेको छ । नसा च्यापिएको, ढाडको दुखाई, गर्धनको दुखाई, पारालाईसिस (स्ट्रोक), घुँडा खिईएको, कुमको दुखाई, कुर्कुच्चाको दुखाई, हड्डी भाँचिएर प्लष्टर गरेपछिको रिहाव, लिगामेण्ट वा मासु च्यापिएको, अर्टिजम, सेरेब्रल पाल्सीलगायत मुख बाङ्गीएका बिरामीहरुले उर्लाबारीमै उच्च गुणस्तरको फिजियोथेरापी प्रविधिबाट उपचार पाउने सञ्चालक तामाङको भनाई छ ।
ADVERTISEMENT