उर्लाबारी । मोरङको उर्लाबारी–७ मा लाईफ केयर फिजियो थेरापी क्लिनिक सञ्चालनमा आएको छ ।
शुक्रबार उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलले थेरापी क्लिनिकको उद्घाटन गर्नुभएको हो । उर्लाबारी चौक माछापुच्छे बैंक नजिकै रहेको उक्त थेरापी क्लिनिक अत्याधुनिक प्रविधिसहितको फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको सञ्चालक प्रकाश तामाङले बताउनुभयो । फिजियो थेरापी सम्बन्धी लामो अनुभव बटुल्नु भएका तामाङले नसा च्यापिएको, ढाडको दुखाई, गर्धनको दुखाई, पारालाईसिस (स्ट्रोक), घुँडा खिईएको, कुमको दुखाई, कुर्कुच्चाको दुखाई, हड्डी भाँचिएर प्लष्टर गरेपछिको रिहाव, लिगामेण्ट वा मासु च्यापिएको, अर्टिजम, सेरेब्रल पाल्सीलगायत मुख बाङ्गीएका बिरामीहरुले उर्लाबारीमै उच्च गुणस्तरको फिजियोथेरापी प्रविधिबाट उपचार पाउने बताउनुभयो ।

फिजियोथेरापी सेवा सुरु भएपछि नशा तथा हाडजोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने भन्दै उपप्रमुख पौडेलले सफलताको शुभकामना दिनुभयो । फिजियोथेरापी सेवा दिन थालेपछि थेरापी गराउनुपर्ने बिरामीलाई राहत भएको छ । उर्लाबारी–५ का पूर्णकुमार माझीले फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रविन लामा, सामाजिक अभियन्ता रुद्रबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय