उर्लाबारी, उर्लाबारीमा द्वन्द्व पीडितका परिवारका लागि सञ्चालित सिलाई कटाइ तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित स्वरोजगार सीपमूलक तालिम केन्द्र नेपालले सञ्चालन गरेको दुई महिने तालिम सोमबार सम्पन्न भएको हो । उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरियो । सो अवसरमा नगर उपप्रमुख पौडेलले नेपाललाई अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन द्वन्द्वमा ज्यान गुमाएका, अंगभंग भएका, यातना भोगेका व्यक्तिहरुको योगदान अमूल्य रहेको बताउनुभयो । द्वन्द्व पीडित परिवारका सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्न नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।
तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यवसायिक बन्न सहभागीहरुलाई उहाँले आग्रह गर्नुभयो । केन्द्रका अध्यक्ष केदारनाथ सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गाविस सचिव जयधर्म आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो भने सचिव भीमबहादुर राउतले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय