
उर्लाबारी । लायन्स क्लब अफ उर्लाबारीको अध्यक्ष पवन अग्रवाल बन्नुभएको छ ।
जिल्ला ३२५ सी. अन्तर्गत लायन्स क्लब अफ उर्लाबारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष अग्रवालसहित अन्य पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ ।
लायन्स क्वलको गत जेठ ६ गते सम्पन्न २७ औँ चुनावी साधारणसभाबाट अध्यक्षमा पवन अग्रवाल सर्वसम्मत चयन हुनुभएको थियो ।