उर्लाबारी । मोरङको उर्लाबारी–२ मा वडा स्तरीय बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
आरआरएनको समन्वय तथा उर्लाबारी वडा नं. २ र ३ को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा खोला बाढीले क्षति पु¥याएको अवस्थामा कसरी उद्धार गर्न सकिन्छ भनेर कृक्रिम घटना अभ्यास गरिएको थियो । तेली खोलामा गरिएको अभ्यास कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दास, सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका प्रहरी निरीक्षक बस्नेत, नगरप्रहरी प्रमुख यामबहादुर कार्कीलगायतले बोल्दै विपदको समयमा सबै एकजुट भएर उद्दारमा खटिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा आरआरएनका प्रतिनिधि, उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय