उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको सुनझोडा माध्यमिक बिद्यालयको एसइई नतिजा निराशजनक आएको छ ।
उक्त बिद्यालयबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षाका लागि २९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये एक जना विद्यार्थीले ३.१५ जिपिए र अर्का एक विद्यार्थीले २.७० जिपिए ल्याएका छन् । जम्मा २ जना मात्र उतिर्ण हुँदै गर्दा बाँकी २७ जनाको नतिजा बिग्रिएको सोही बिद्यालयका प्रधानाध्यापक मुकुन्दराज निरौलाले जानकारी दिनुभयो । उहाँले यस्तो नतिजा आउनुमा विद्यार्थीको लापरबाही भएको र यस बिषयमा शिक्षक, प्रशासन, विद्यार्थी, अविभावक बसेर समिक्षा गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय