केराबारी, मोरङको केराबारी गाउँपालिकामा अखिल (क्रान्तिकारी) गाउँ कमिटीले शैक्षिक सुधारका निम्ति विभिन्न माग राख्दै आज गाउँपालिकामा ४ बुंदे ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो समय केराबारीमा शैक्षिक संस्थाहरुको लापरबाही बढ्दो रुपमा मौलाउन थाले पनि गाउँपालिकाले चासो नदिएको दिनप्रतिदिन समस्याहरु सावधान हुने भन्दा पनि नयाँ नयाँ ढंगबाट समस्याहरु थपिन्दै गएको कारण शिक्षा क्षेत्र पछाडि परेको अखिल (क्रान्तिकारी) केराबारी गाउँ कमिटीका अध्यक्ष भिजन राईले जानकारी दिए ।

शैक्षिकसत्र सुरू भएको ३महिना वितिसक्दा पनि यस पालिका भित्रका निजी शैक्षिक संस्थाहरूले नियमनुसार १०%छात्रवृति वितरण गरेको पाइदैन।शुल्क एकरूपतासँगै एकहप्ता भित्रमा छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण शैक्षिक संस्थाको वेवसाइटमा अनिवार्य राख्न निर्देशित गर्नुपर्ने , संबिधानमा उल्लेखित कक्षा ९-१२सम्मको शिक्षा निशुल्क हुनुपर्ने , विभिन्न विद्यालयले बस क्षमताभन्दा धेरै विद्यार्थी कोचेर कुदाएको पाइएको हुदा त्यो क्रियाकलाप तत्काल नियन्त्रण गरिनु पर्ने , हिजो मात्र प्रकाशित माध्यमिक तहको शिक्षा एसइईको परिक्षाफल चित्तबुझ्दो नभएको हुँदा शिक्षा सुधारमा नयाँ कदम चाल्नुपर्ने , जस्ता मागहरु सहित उक्त ज्ञापन पत्र बुझाएको र उक्त पत्र बुझाउन केन्द्रिय सदस्यहरुले सहजीकरण गरेको अध्यक्ष राईले बताए ।
त्यस्तै उक्त पत्र बुझाउने क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य उमेश सेन्चुरी , दिपेश परियार साथै अन्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय