
दिपेन्द्रबहादुर बराईली
उर्लाबारी । मोरङको उर्लाबारी–४ मा रहेको सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कुलले विगत २३ बर्षदेखि एसइई नतिजामा सतप्रतिशत विद्यार्थी उर्तिण गराउँदै आएको छ ।
२०५८ साल देखि एसएलसी परीक्षामा सहभागी भएको उक्त स्कुलले बिगतका बर्षहरुमा झैं यो बर्ष पनि शतप्रतिशत विद्यार्थी उर्तिण गराउँदै उत्कृष्ट सावित भएको हो । यो पटकको एसइई परीक्षामा ६० जना विद्यार्थीको सहभागी रहेको र ती मध्ये १३ जना विद्यार्थीले ३.६० देखि ३.९२ जिपिएसम्म , ३४ जनाले ३.२० देखि ३.६० जिपिए र १३ जनाले २.८० देखि ३.२० जिपिएसम्मको अंकसहित उर्तिण भएका छन् । छात्रा स्मृति मिश्रले ३.९१ जिपिए ल्याएकी छिन् भने गरिमा बस्नेतले ३.८५, ग्रिष्मा बस्नेतले ३.८४, सिमा भट्टराईले ३.८२, अलिसा दाहालले ३.६९, साइमन सुवेदीले ३.६९, सुदिप कट्टेल ३.६८, सुप्रिम घिमिरेले ३.६८, संशाक दाहाल ३.६६, अन्सु अनाल ३.६५, प्रणु काफ्लेले ३.६५, अन्सु प्रधानले ३.६१ र रोवटर्स योञ्जनले ३.६१ जिपिए ल्याएको संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्कुलको एसइईका परीक्षाका नतिजा मात्र नभएर ‘प्लस टु’मा पनि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । सो विदालयले १४ बर्षदेखि ‘प्लस टु’मा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । राम्रो नतिजाका निम्ति विद्यार्थीहरुकै मेहेनत महत्वपूर्ण हुने र अविभावक, शिक्षक, विद्यालयले सहजीकरणको भूमिका निभाएको प्रिन्सिपल भट्टराईको भनाई छ । उहाँले उर्लाबारीमा समग्र रूपमा शैक्षिक क्षेत्रहरुको विकास र गुणस्तरीय शिक्षाको प्रबद्र्धनका लागि स्वस्थ्य प्रतिस्पर्धा रहन आवश्यक रहेको र आगामी दिनमा सबैले निष्पक्ष ढंगले अघि बढ्न पर्ने बताउनुभयो ।