
उर्लाबारी । मोरङको उर्लाबारीमा द्वन्द्वपीडितहरुलाई स्वरोजगार बनाउन २ महिने सिलाई कटाई तालिम दिएको छ ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग तथा द्वन्द्वपीडित स्वरोजगार सिपमूलक तालिक केन्द्र नेपाल उर्लाबारीको आयोजनामा तालिम दिएको हो । केन्द्रका अध्यक्ष केदारनाथ सिटौलाको सभापतित्वमा एक कार्यक्रमका बीच तालिम समापन गरिएको छ । सिलाई कटाई तालिम फलदायी बनेको सहभागीहरुले बताएका छन् । एड्भान्स सिलाई कटाई तालिम थप भए स्वरोजगार बन्न सहयोगी बन्ने सहभागी तुलसा राउतले बताउनुभयो । तालिममा उर्लाबारीभरीका १८ जना द्वन्द्वपीडितहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रम सचिब भीमबहादुर राउतले सञ्चालन गर्नुभएको थियो ।