उर्लाबारी । मोरङको उर्लाबारी–४ मा रहेको सप्तकोशी अंग्रेजी बोर्डिङ स्कुलले एसईईमा उत्कृष्ट नतिजा ल्याएको छ ।
विद्यालयबाट ६० जना एसईईमा सहभागी भएका विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याएका हुन् । छात्रा स्मृति मिश्रले ३.९१ जिपिए ल्याएकी छिन् भने गरिमा बस्नेतले ३.८५, ग्रिष्मा बस्नेतले ३.८४, सिमा भट्टराईले ३.८२, अलिसा दाहालले ३.६९, साइमन सुवेदीले ३.६९, सुदिप कट्टेल ३.६८, सुप्रिम घिमिरेले ३.६८, संशाक दाहाल ३.६६, अन्सु अनाल ३.६५, प्रणु काफ्लेले ३.६५, अन्सु प्रधानले ३.६१ र रोवटर्स योञ्जनले ३.६१ जिपिए ल्याएका छन् ।
त्यस्तै, ३४ जनाले ३.२० देखि ३.६० सम्म जिपिए ल्याएका छन् भने १३ जनाले २.८ देखि ३.२० सम्म जिपिए ल्याएर उर्तिण गरेका छन् । सप्तकोशीले स्थापनाकालदेखि नै एसएलसी हुँदै एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय