कानेपाखेरी, कानेपाखेरी गाउँपालिकालेले ६५ करोड ५७ लाख २५ हजार रुपियाँको बजेट गाउँसभामा पेश गरेको छ ।

पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले १६ औं गाउँसभामा बैंक मौज्दात तीन करोड रुपियाँ र चालु आवको भुक्तानी दिनुपर्ने दायित्व चार करोडसहित सङ्घीय वित्तीय समानीकरण अनुदानबाट १२ करोड ८८ लाख, सङ्घीय ससर्त अनुदान २४ करोड ३९ हजार, सङ्घीय राजस्व बाँडफाँट एक करोड २६ लाख सङ्घीय समपुर र विशेष अनुदान तीन करोड प्रदेश समानीकरण अनुदान ८१ लाख ३४ हजार, प्रदेश राजस्व बाँडफाँट ५२ लाख २९ हजार, प्रदेश ससर्त अनुदान र प्रदेश समपुरक अनुदान एक करोड ५९ लाख २३ हजार घरजग्गा रजिष्ट्रेसन र वडाबाट प्राप्त हुने दुई करोड ५० लाख र खोला ठेक्काबाट दुई करोड २० लाख आम्दानी हुने अनुमान गरिएको छ । कानेपोखरीले गत वर्षभन्दा करोड कमीको बजेट अनुमान गरेको छ । गाउँपालिकाले कृषि र पशुपालनका लागि किसानको बाली बीमा, पशुमा कृत्रिम गर्भाधन, बीमा, बीउ र कृषि यान्त्रिकरणमा विशेष जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय