दमक । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्य अनुसार कुक र बारिष्ता तालिम दिएको छ ।
झापाको दमकमा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोग र लिड नेपाल झापा दमकको आयोजनामा कुक र बारिष्ता तालिम दिएको हो । कुकमा १० जना र बारिष्तामा १० जनालाई तालिम दिएको आयोजक लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चञ्चला) ले बताउनुभयो । तालिमको सोमबार समापन कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका सचिब लक्ष्मीप्रसाद भट्टराईले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारकोतर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका उप–सचिब दुर्गा भण्डारी बराल, फणिन्द्र खबी, प्राविधिक सहयोग एक्सपर्ट टेक्निकल कलेज नेपालका सञ्चालक हेमराज दाहाललगायतले बोल्नुभएको थियो । कार्यक्रम लिड नेपालका अध्यक्ष सुशिल पौडेलको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय